बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँ नै हुने !

बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँ नै हुने !

बैतडी : बैतडी जिल्ला डिलासैनी पालिकाको केन्द्र विवाद सल्टिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (सचिवस्तर) ले निर्णय गर्दै पालिका केन्द्र धामीगाउँबाट नै सञ्चालनका लागि पत्रचार समेत गरेको छ ।

तत्कालिन समयमा वडा नम्बर ७ धामीगाउँनै केन्द्र हुने निर्णय भएपनि जननिर्वाचित केही प्रतिनिधि र केही राजनीतिक दलका नेताहरुको व्यक्तिगत स्वार्थ अनुरुप वडा नम्बर ३ मा सम्पर्क कार्यालय स्थापना गरी कामकाज हुँदै आएको थियो ।

पछि सिमित नेता र जनप्रतिनिधिहरुले सम्पर्क कार्यालयलाई नै केन्द्र बनाउन सरकारलाई प्रस्ताव गरेको थियो । सो प्रस्ताव २०७७ मंसिर २१ गतेको मन्त्रिपरिषद्मा पेश भएको थियो । तर पछि २०७८ साल जेठ ३१ गते सरकार परिवर्तन भएपछि उक्त प्रस्ताव फिर्ता भएको थियो ।

सरकारबाट केन्द्र हेरफेर सम्बन्धि कुनै निर्णय नै नभएकाले पालिकाको वडा नम्बर ७ साविकको डिलानैनी गाविस रहेको भवनबाट सञ्चालन गर्न गर्न निर्णय भएको मन्त्रालयका शाखा अधिकृत केशवराज पार्धेले बताए ।

निर्णयसँगै यसअघि सम्पर्क कार्यालयको नामबाट सञ्चालन भइरहेको कामहरु अब केन्द्र रहेको स्थान डिलासैनी ७ बाट नै सञ्चालन हुनेछन् । पालिकाको केन्द्र सम्बन्धि लामो विवादका कारण त्यहाँका नागरिक अगुवा विभिन्न दल आन्दोलित बनेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार