स्वस्थ खानपानका लागि दिनुहोस् यी कुरामा ध्यान !

स्वस्थ जीवनका लागि स्वस्थ खानपान आवश्यक

स्वस्थ खानपान

स्वस्थ जीवनका लागि स्वस्थ खानपान आवश्यक छ । खानपानले नै हामीलाई रोग लाग्नबाट बचाउँछ । त्यसैले खानपानमा विशेष ध्यान पुर्याउनु आवश्यक छ । असल खानपानका लागि फलफूल र हरिया सागसब्जी हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्नुपर्छ ।

दाल र गेडागुडीका साथै माछा, मासु वा अण्डा नियमित रूपमा उपभोग गर्दा हाम्रो स्वास्थ्यलाई पौष्टिक आहार पुग्छ । यति मात्रै होइन दूध र दूधजन्य खाने कुराहरू खानुपर्छ ।

खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने गर्दै गुलिया र चिल्ला खानेकुरा कम मात्रामा उपभोग गर्दा राम्रो हुन्छ । पाएसम्म सधैं ताजा र सफा खाद्य वस्तु उपभोग गर्नुपर्छ ।

स्वस्थ रहन पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीयस्तरमा पाइने पौष्टिक खाद्यवस्तु उपभोग गर्नुपर्छ । मदिराजन्य पेय पदार्थबाट भने टाढै रहनुपर्छ ।

यी उपायलाई नियमित रूपमा आफ्नो जीवनमा लागू गर्न सकेमा धेरै किसिमका रोग तथा संक्रमणबाट पनि जोगिन सकिन्छ ।

-दैनिक भास्करबाट अनुवाद  

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार