बैतडी: भागरथी हत्याका दोषीलाई साढे १२ वर्ष कैद, न्याय प्राप्तिको लागि कहाँ के भएको थियो ?

डीएनएलाई पनि मानियो आधार

प्रहरीको ठुलो सफलताः अभियुक्तद्वारा बलात्कारपछि हत्या गरेको स्वीकार, १७औँ दिन दाहसंस्कार गरिदै

धनगढी : जिल्ला अदालत बैतडीले बलात्कारपछि हत्याको एउटा मुद्दामा डीएनए परीक्षणलाई समेत आधार मानेर आरोपितलाई दोषी ठहर गरेको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षकी भागरथी भट्टको बलात्कारपछि हत्या मुद्दामा जिल्ला अदालत बैतडीले डीएनए परीक्षणलाई आधार मानेर उनका सहपाठी दिनेश भट्टलाई दोषी ठहर गरेको हो ।

जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले आरोपित भट्टले प्रहरी र अदालतमा गरेको साविती बयानका साथसाथै डीएनए परीक्षणलाई समेत आधार मानेर फैसला गरेका हुन् । जिल्ला अदालतले दिनेशलाई १२ वर्ष ६ महिना कैद सजाय तोकेको छ ।

भागरथीको न्याय प्राप्तिको लागि कहाँ के भएको थियो ? एक ठाउँमा जम्मा गरेका छौं । विस्तृतमा हेर्नुहोस् ।

 

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार